पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

२० श्रावण २०७९, शुक्रबार

चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ ।
गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो बन्द हुने गरेको छ । उक्त पुलभन्दा तीन सय मिटर पर रहेको डाँडा चिराचिरा परेर खोल्सामा पहिरो खसेको छ ।
वर्षा भएपछि खोल्सामा थुप्रिएको माटो‚ ढुंगा र गेग्रान बग्दै पुलमाथि आएर थुप्रिने गरेकाले पनि वर्षा हुनासाथ मौरी पुलमा बाटो बन्द हुने समस्या रहेको स्थानीयले जानकारी दिएका छन् । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य मार्ग अवरूद्ध हुँदा सयौं सवारी र यात्रु अलपत्र परेका छन्
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment