इलाम मेहलबोटेको श्रीकृष्ण मन्दिरमा रजत महोत्सवको आयोजना


इलाम, ५ माघः सूर्योदय नगरपालिका वार्ड न ३ मेहेलबोटेमा प्रणामी धर्मका प्रवर्तक श्री१०८ महाराज स्वामी मङ्गल दास गुरु ज्युको जन्म स्थानमा २५ वर्ष अगाडि निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिरको २५ औ रजत महोत्सव यहि माघ २२ देखि २९ सम्म भव्यताका साथ सम्पन्न हुन गइरहेको छ । उक्त महोत्सवको तयारी कार्य तिब्रताका साथ भइरहेको छ ।
दैनिक एकलाख भक्तजनको उपस्थिति गराउने लक्ष्यका साथ तयारी गरिएको रजत महोत्सवमा नेपाल भारत तथा भुटानबाट भक्तजन उपस्थिति रहने आयोजक समितिले जनाएको छ । सिलिगुडी स्थित श्रीकृष्ण प्रणामी मन्दिर कालेबुङ मङ्गलधाम इटहरी स्थित श्रीकृष्ण प्रणामी मन्दिरले यस रजत महोत्सवलाई भब्यतासाथ सम्पन्न गर्न तदारुकता देखाएका छन । पुर्व नेपालको प्रसिद्ध धार्मिक स्थलको रुपमा बिकसित यस मन्दिर धार्मिक पर्यटकको लागि प्रसिद्ध बन्दै गएको छ । यस महोत्सवमा विभिन्न धार्मिक कार्यक्रमहरु सन्चालन गरिने र महोत्सवमा सहभागी पाहुनाजनहरुलाई खाना र बस्नको व्यवस्था समेत मन्दिर व्यवस्थापन समितिले गर्ने आयोजक समितिले जानकारी दिएको छ । 
सुर्योदय नगरपालिकाको वार्ड न ३ धार्मिक पर्यटनको रुपमा परिचित छ । यहाँ नाङ्वासाङ्गे गुम्बा बौद्धधाम बुद्धपार्क बौद्धधाम उर्गेन छोलिङ गुम्बा तीनखुट्टे शिव मन्दिर रुङसुङ र कृष्ण प्रणामी मन्दिर मेहेलबोटे रहेका छन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment