इलाम ५ माघः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिकम वडा नम्बर ७ फाइनलको प्रवेश गरेको छ । ७ नम्बरको जीत सँगै उपाधिको लागि शनिबार वडा नम्बर ३ पुवामझुवासँगको भेट पक्का गरेको छ ।
बिहीबार भएको खेलमा वडा नम्बर ५ लाई ३–२ ले हराउँदै वडा नम्बर ७ फाइनलमा प्रवेश गरेको हो । खेलको शुरुवाती पहिलो मिनेटमा वडा नम्बर ७ का सुमन धमलाको गोलबाट अग्रता लिएको थियो । ५ औँ मिनेटमा पासाङ शेर्पाले गोल गर्दै अग्रतालाई दोव्बर बनाए ।
वडा नक्बर ५ का सिमन नुगोले २४ औँ मिनेटमा गोल गर्दै खेलमा फर्काउने कोशिस गरे तर फेरी ४० औँ मिनेटमा वडा नम्बर ७ का विनोद धमलाले गोल गर्दै स्कोर १–३ बनाइए । खेलको ५५ औँ मिनेटमा फेरी जर्सी नम्बर ४ का सिमनले गोल गरे पनि टीमलाई जीत दिलाउन सकेनन् । आजको खेलमा मेन अफ दि म्याच पनि विजयी टीमका विनोद धमला भए ।
प्रतियोगिताको विजयी टीमले एकलाख पचासहजार र मेडल तथा ट्रफि पाउने छ भने उप विजेताले नगद ७५ हजार र सेमिफाइनल खेल्ने टीमले नगद २५ हजार पाउने आयोजकले जनाएको छ ।
0 comments:
Post a Comment