चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ

 २२ फाल्गुन २०७९, सोमबार 
पथरीशनिश्चरे, इलाका प्रहरी कार्यालय पथरीले चोरीको २ वटा मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ ।

उर्लाबारीको सिमसार क्षेत्रबाट उर्लाबारी ९ दुर्गापुरीका २७ वर्षका प्रदिप योन्जन र मझुवा ४ सिन्धुली २५ वर्षे सरोज मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसहित गत आइतबार को ३८ प ९६१४ नम्बर पल्सर मोटरसाइकल र को २० प १९४२ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको थियो ।
प्रहरीले जानकारी दिए अनुसार उक्त मोटरसाइकल इटहरीबाट गत फागुन २० गते हराएको र पक्राउ परेका मोटरसाइकल सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरी नै पठाउने तयारी भएको पथरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment