इलामको कन्याममा रोकेर राखेको ट्रकमा स्कुटर ठोकिदा दुई जना घाइते


इलाम, २ असोजः इलाम सूर्योदय नगरपालिकाको कन्याममा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । 
सूर्योदय नगरपालिका ०७ कन्याम स्थित मेचीराजमार्गमा कन्यामबाट फिक्कल तर्फ आउदै गरेको मे ११प ६३३० नंम्बरको स्कुटीलेसोही स्थानमा रोकी राखेको मे१ ख ३२०१ नंम्बरको मिनि ट्रकलाईपछाडीबाट ठक्कर दिंदा दुर्घटना  भएको हो ।
दुर्घटनामा स्कुटर चालक सूर्योदय नगरपालिका ११ मुर्ति डाँडा बस्ने बर्ष ३७ को पञ्च लिम्बु (बायाँ आँखाको डिलमा चोट) र पछाडी सवार  पाँचथर फालेलुङ गाउँपालिका ०६ का  निर्मल राईको टाउकोको दाहिने भागमा चोट लागि घाईते भएका छन् । दुवै जना  घाइतेलाई तत्काल उपचारको लागी  फिक्कल अस्पताल फिक्कल तर्फ  पठाईएकोमा सामान्य उपचार पछी थप उपचार मेची प्रादेशिक अस्पताल भद्रपुर झापा पठाईएको ,अवस्था दुवैको मध्यम रहेको मिनि ट्रक चालक  झापा हल्दिबारी गाउँपालिका २ पारखोपि बस्ने बर्ष २६ को दिपेश मेचे प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment