ब्राउन सगुरसहित दुई जना पक्राउ

 २ आश्विन २०८०, मंगलवार 


मोरङ। मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागूऔषध ब्राउन सगुरसहित दुई जनालाई प्रकाउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–२० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् ।


भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment