तीन तला घरको झ्यालबाट खसेर बिर्तामोडमा एक बालिकाको मृत्यु

२०८२ चैत्र २१ गते , शनिबार


तीन तला घरको रेलिङ विनाको झ्यालबाट खसेर बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ निवासी मनोज आचार्यको ५ वर्षीया छोरी मनस्वी आचार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका- ५ भद्रपुर रोड नजिकै बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका-३ घर भएको हेमसागर भट्टराई (बुढो मामली) मा ती बालिका पाहुना आएकी थिइन् ।
आज बिहान साढे ८ बजेको समयमा घरको तीन तला माथि कोठामा खेल्ने क्रममा बालिका झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन् । बालिकालाई तत्काल उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएको थियो । उनको उपचारको क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोठाको झ्यालमा रेलिङ थिएन । पर्दाले मात्र बारिएको झ्यालबाट बालिका खस्दा दुर्घटना भयो। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment