इलाम, देउमाई
इलामको देउमाई नगरपालिका–४ मङ्गलबारेस्थित भानुभक्त माध्यमिक विद्यालय का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि कुटपिट तथा यातना दिएको आरोप सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार २५ वर्षीय शिक्षक अंकित दामाइ र स्थानीय सुसन मगर लाई पक्राउ गरिएको हो। उनीहरूविरुद्ध बालबालिका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उजुरी अनुसार आरोपित शिक्षकले व्यक्तिगत रिसइबीका कारण सोही विद्यालयका एक विद्यार्थीलाई होटलको कोठामा लगेर बन्धक बनाउँदै निर्घात कुटपिट तथा अमानवीय व्यवहार गरेका थिए। पीडित पक्षले दिएको निवेदनका आधारमा प्रहरीले तत्काल कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यसैबीच, भानुभक्त माध्यमिक विद्यालय प्रशासनले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयद्वारा जारी सूचनामा उक्त घटना विद्यालय परिसरभित्र वा विद्यालय समयमा नभएको उल्लेख गर्दै व्यक्तिगत कारणले घटाइएको र यसमा विद्यालयसँग असम्बन्धित व्यक्तिहरू समेत संलग्न रहेको स्पष्ट पारिएको छ।
विद्यालयले अभिभावक, पत्रकार तथा सरोकारवालाहरूलाई यथार्थ र तथ्यपरक जानकारी लिएर मात्र प्रतिक्रिया दिन अनुरोध गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने यसले स्थानीय तहमा शैक्षिक वातावरण र बालसुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ।

0 comments:
Post a Comment