- जीवन शर्मा
जसको क्षेत्रफल वर्तमानमा १ लाख ४७ हजार १८१ वर्ग कि.मी रहेको छ । नेपाली भू–भागको कूल क्षेत्रफल सन् १८१६ को सुगौली सन्धि गर्दा ताका सम्म ३ लाख ६८ हजार वर्ग कि.मी. थियो । यसरी सुगौली सन्धि गरेर नेपालले वाधयतावश आफ्नो २ लाख २० हजार ८ सय १९ वर्ग कि.मी. भू–भाग बेलायती सरकारलाई सुम्पनु प¥यो ।
यसै क्रममा नेपालको सिमानाको लम्बाइ पनि छोटो भएर १०८० कि.मी मात्र बाँकी रहेको छ । सन् १८१६ का तीन महिना अवधिकोे सुगौली सन्धिताका बृटिश सरकारले नेपाललाई बाध्यतामा पारी, डर–धाक–धम्की दिई, कागजी सुगौली सन्धि अनुसारको कारवाही मार्फत आफ्नो अधीनमा लिएको होे ।
यसरी सन् १८१६ मा नेपालले बाध्यतावश आफ्नो २,२०,८१९ (१,२२, ६६६) वर्ग कि.मी. भू–भाग गुमाउनु प¥यो । त्यस मध्ये तात्कालिन विशाल नेपालको पश्चिमोत्तर भू–भाग (देहरादून देखि सतलज, व्यास र रावी नदी पश्चिम सम्मको भू–भागहरु) नालापानी–काँगडाको नेपाल–अंग्रेज युद्धमा नेपालले बहादुरीकासाथ लडदा लडदै हारेको हो भने; हालको महाकाली नदीको मूहान स्थल कालापानी–लिम्पियाधुरा–लिपुलेक–टिङकर नदी–मल्लोकावा तिरका उत्तरी भू–भागीय–पट्टी (३७२.३७ वर्ग किलोमिटर) नवनिर्मित मुलुक हिन्दुस्तान र चीन बीचको सन् १९६०–६२ ताका युद्ध मद्दतगार क्षेत्रमा परिणत हुन पुग्यो । र, भारतीय फौजले त्यसै समय देखि छाउनी–बङ्कर जमाएर बसेको बसे कै छ । राजा महेन्द्रको पालामा शुरु भएको त्यो समस्या हाल सम्म उस्तै छ । यस तथ्यलाई चिनियाँ पक्ष (वि.सं. २०५६ भाद्र १८गते चिनियाँ राजदूत जेङ्गजु ओङ्क) ले पनि स्वीकारेको हो ।
यसै गरी उत्तरी–पूर्वी सिक्किम–कालिङ्गपोङ्गका हिमाली पहाडी क्षेत्र हुँदै, भूटानलाई छोडी, हालका आसाम–मेघालयका केही भू–भागहरु लगायत हालको पश्चिमी बंगाल (हिन्दुस्तान) का केही तराई भू–भागहरु समेत नेपालले त्यतिकै गुमाउनु परेका केही नेपाली भू–भागहरु हुन् ।
0 comments:
Post a Comment