इलाम, कार्तिक १३ ।
इलामको देउमाई नगरपालिका–१ कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
आज बिहान करिब १०:३० बजे तिर भएको दुर्घटनामा तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प १३६७ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक सहित बोलेरोमा सवार ९ जना गरी १० जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालक पाँचथर हिलिहाङ गाउँपालिका–६ का ३६ वर्षीय लक्ष्मीप्रसाद मैनालीको दाहिने हातको हत्केलामा चोट लागेको छ। बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ का २६ वर्षीय रबिन तामाङलाई प्रहरी नियन्त्रणमा लिइएको छ। उनलाई दाहिने गाला र खुट्टामा सामान्य चोट लागेको बताइएको छ।
बोलेरो सडकबाट करिब १० मिटर तल झरेको र घटनास्थलमै रहेको इलाम प्रहरी निरीक्षक रोजन नेम्बाङको नेतृत्वमा पुगेको टोलीले जनाएको छ। मोटरसाइकलका कागजात साथमा नभएको र बाटो अवरुद्ध नभएको प्रहरीले स्पष्ट पारेको छ।
घाइतेहरुको नामावली :
१. सुशिला तिमल्सिना (३० वर्ष) — झापा, बिर्तामोड–६, गरामुनी; भित्री चोट, बोल्न नसक्ने मध्यम अवस्था।
२. छबीलाल गुरुङ (६५ वर्ष) — तेह्रथुम, आठराईत्रियुगा–१; टाउको र घुँडामा चोट।
३. प्रकाश शेर्पा (३० वर्ष) — ऐ.ऐ.; निधार र नाकमा चोट।
४. डम्मरकुमारी गुरुङ (६४ वर्ष) — ताप्लेजुङ, आठराईत्रिवेणी–१, निगुरादिन; अनुहारमा चोट।
५. इन्द्र गुरुङ (३० वर्ष) — ऐ.ऐ.; अनुहारमा चोट।
६. अञ्जना गुरुङ (२८ वर्ष) — ऐ.ऐ.; बाँया हातमा चोट।
७. सुष्मा लिम्बू (३२ वर्ष) — धनकुटा; बाँया हातमा चोट।
८. असिना तामाङ (२३ वर्ष) — पाँचथर, फालेलुङ–६, सिदिन; निधारमा चोट।
९. चन्द्रकला कालिकोटे (२७ वर्ष) — झापा, बुद्धशान्ति–४, जयपुर; बाहिरी चोट छैन।
१०. लक्ष्मीप्रसाद मैनाली (३६ वर्ष) — पाँचथर, हिलिहाङ–६; दाहिने हातमा चोट।
 
 

0 comments:
Post a Comment