इलाम, कात्तिक १२ ।
देउमाइ नगरपालिका–६ का समाजसेवी तथा वडा सदस्य राजकुमार लिङदेनले आफ्नो जन्मदिनको अवसर पारेर इलाम नगरपालिका–१० स्थित श्री माइ भगवती बृद्ध आश्रममा रहेका सात जना बृद्धाबृद्धाहरुलाई फलफूल र अन्य खाद्य सामग्री वितरण गरेका छन्।
सामाजिक उत्तरदायित्व र मानवसेवाको भावनाका साथ गरिएको सो सहयोग कार्यक्रममा लिङदेनले बृद्धबृद्धाहरुसँग समय बिताउँदै उनीहरूको स्वास्थ्य र सुख–शान्तिको कामना गरेका थिए।
समाजमा सकारात्मक सन्देश दिने उद्देश्यका साथ गरिएको यस कार्यप्रति आश्रमका प्रतिनिधिहरूले आभार प्रकट गरेका छन्।
समाजसेवी लिङदेनले आगामी दिनहरूमा पनि असहाय र विपन्न वर्गका लागि यस्ता सेवामूलक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


0 comments:
Post a Comment