१३ दिनपछि मेची राजमार्ग अन्तर्गत माईखोला सडकखण्ड सुचारु


इलाम, १ कात्तिक। लगातार वर्षाका कारण असोज १८ गते रातिदेखि अवरुद्ध बनेको मेची राजमार्ग अन्तर्गत माईखोला स्थित राजदुवाली सडकखण्ड १३ दिनपछि पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय, इलामले शुक्रबार सूचना जारी गर्दै अब सो सडकखण्ड आज अर्थात् कात्तिक १ गते राति ९ बजेदेखि सवारी आवागमनका लागि खुला गरिएको जानकारी दिएको हो।

गत असोज १८ गतेको भीषण वर्षाले सडकमा ठूला–ठूला पहिरो खस्दा सवारी सञ्चालन पूर्णरूपमा रोकिएको थियो। मर्मत तथा पहिरो पन्छ्याउने कार्य सम्पन्न भएसँगै सडक पुनः सञ्चालनमा ल्याइएको प्रशासकीय अधिकृत हरि कुमार थापाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

सडक सुचारु भएपछि इलाम, झापा, पाँचथर र ताप्लेजुङ आवतजावत सहज बनेको छ। स्थानीयवासी र यात्रुहरूले सडक सञ्चालनप्रति राहत अनुभव गरेका छन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment