काठमाडौं — २०८२ कात्तिक १ गते, शनिबार
काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा एक युवतीले आत्मदाह प्रयास गरेको घटना सार्वजनिक भएको छ। शनिबार दिउँसो उक्त स्टुडियोभित्र पेट्रोल खन्याई आफैंलाई जलाउने प्रयास गर्दा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेकी हुन्। पौडेलसँगै सोही स्टुडियोमा रहेका धनबहादुर गिरी पनि घाइते भएका छन्। दुबैजनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ।
एसपी पवन भट्टराईका अनुसार, महिलाले आफैंलाई जलाउने प्रयास गरेको खबर पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। “घटनास्थलबाट दुबैलाई उद्धार गरी अस्पताल पठाइएको छ,” उनले बताए।
घटना घटेको स्टुडियो गायक बबुल गिरीको रहेको बुझिएको छ। प्रहरीका अनुसार घटनाको सम्पूर्ण विवरण संकलन भई थप अनुसन्धान भइरहेको छ।
0 comments:
Post a Comment