बिरामीको अवस्था गम्भीर भएपछि बीएण्डसी अस्पतालमा विवाद

२०८२ कार्तिक १ गते , शनिबार


बिर्तामोड । बिरामीको अवस्था गम्भीर भएपछि बिरामीका आफन्तहरूले बिर्तामोडको बीएण्डसी अस्पतालमा विवाद गरेका छन् ।
बीएण्डसी अस्पतालस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा गत असोज २९ गते भद्रपुर –७ बस्ने वर्ष ४४ का दशरथ तामाङ क्यान्सर सम्बन्धी बिरामी भई भर्ना भएका थिए । उपचारका क्रममा बिहीबार शल्यक्रिया गरेपश्चात् बिरामीको अवस्था गम्भीर भई भेन्टिलेटरमा राखिएको थियो ।
शुक्रबार साँझ ७ बजेतिर चिकित्सकको लापरबाहीले बिरामीको अवस्था गम्भीर भएको भन्दै बिरामीका आफन्तहरू करिब ३० जना अस्पताल परिसरमा भेला भई विवाद गरेका थिए ।  विवाद बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली अस्पताल पुगेर सुरक्षा दिएका थिए । यता अस्पताल प्रशासन र पीडित पक्षबीच घटनाको बारेमा राति नै छलफल भएको थियो । छलफलमा अस्पताल प्रशासनले बिमारीको सम्पूर्ण उपचार खर्च मिनाहा गरिदिने र क्षतिपूर्तिबापत नगद ५ लाख दिने सहमति भएको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment