माईका बाढीपीडित ७४ विद्यार्थीलाई नगद सहयोग

  • विमल दहाल, 

माई —
माई नगरपालिका भित्रका बाढी प्रभावित विद्यार्थीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ। हालैको बाढीबाट प्रभावित १० विद्यालयका ७४ जना विद्यार्थीहरूलाई कुल २ लाख ९४ हजार १०४ रुपैयाँ नगद सहयोग गरिएको हो।
उक्त सहयोग माई नगरपालिकाको शिक्षा शाखा र स्थानीय शिक्षक–कर्मचारीहरूको संयुक्त पहलमा संकलन गरिएको थियो।
सहयोग रकम विद्यार्थीहरूलाई औपचारिक कार्यक्रममा वितरण गरिएको विन्ति विनायक आधारभूत विद्यालय, माई–६ का प्रधानाध्यापक खड्क बहादुर कडेलले जानकारी दिनुभयो।
प्रधानाध्यापक कडेलका अनुसार सहयोगले प्रभावित विद्यार्थीहरूको शैक्षिक सामग्री खरिद तथा विद्यालय पुनःसञ्चालनमा केही राहत पुर्‍याउने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment