२०८२ कार्तिक २ गते , आईतबार
सप्तरीमा अज्ञात व्यक्तिले गोली प्रहार गरी मन्दिरका पुजारीको हत्या गरेका छन्। शनिबार राति बोदेबर्साइन नगरपालिका- ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी ७० वर्षीय रामदुलार साहको गोली प्रहार गरी हत्या भएको हो।
आफ्नो कुटीमा एक्लै बस्ने पुजारी साहलाई राति करिब सवा २ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए।
उनलाई ढाडमा गोली हानिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा दुई थान खोका फेला परेको छ। गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

0 comments:
Post a Comment