इलाममा हड्डी अड्किएर ६० वर्षीय पुरुषको मृत्यु


इलाम — नयाँ वर्ष २०८३ को पहिलो दिन नै इलाममा दुःखद घटना घटेको छ।

मिति २०८३ साल वैशाख १ गते बिहान करिब ०९:४५ बजे, देउमाई नगरपालिका–८ आमबोटे निवासी वर्ष अन्दाजी ६० का मन बहादुर मगरको कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा ज्यान गएको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार, उनी सोही स्थानका छिमेकीको घरमा मासु खाने क्रममा अचानक घाँटीमा हड्डी अड्किएपछि असहज भएका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारे तथा प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी नायव निरीक्षक **राम हरि के.सी.**को नेतृत्वमा SOCO टोली र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक मौसम उदासको टोली घटनास्थल पुगेको जनाइएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment