२०८३ बैशाख १ गते , मंगलबार
इन्डियन प्रिमियरले आईपीएलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनले जितेको छ। चार खेलमा अपराजित रहेको राजस्थान रोयल्सको अपराजित यात्रामा सनराइजर्स हैदराबादले ब्रेक लगाएको हो ।
हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रन बनाएको थियो। हैदराबादले दिएको २१७ रनको विजयी लक्ष्य पछाएको राजस्थान रोयल्स १९ ओभरमा १५९ रन बनाउँदै अल आउट भयो।
सनराइजर्ससँग राजस्थान रोयल्सको शीर्षक्रम चलेन । शीर्षका चार ब्याटल खाता खोल्न नपाउँदै पेभिलियन फर्किए। यशस्वी जैसवालले १ रन बनाउँदा वैभव सूर्यवंशी,ध्रव जुरेल र लुआन ड्रे प्रिटोरियस डकआउट भए। यी तिनै ब्याटरलाई आइपिएलमा डेब्यु गरेका प्रफुल हिन्जले डक बनाए।
धरापमा परेको राजस्थान रोयल्सको पारी अनुभवी ब्याटर रविन्द्र जडेजा र दोनोभान फेरेराले छैटौं विकेटका लागि ११८ रनको साझेदारी बनाउँदै इनिङस उकासेका थिए। राजस्थान रोयल्सका लागि फेरेराले सर्वाधिक ६९ रनको पारी खेले। उनले ४४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै रविन्द्र जडेजाले ४५ रनको पारी खेले। तुषार देशपाण्डेले २५ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले योगदान दिन सकेनन्।
सनराइजर्स हैदराबादका लागि बलिङतर्फ प्राफुल हिन्ज र सकिब हुसेनले घातक बलिङ गरे। यी दुवै बलरले ४-४ विकेट लिँदा इशान मलिङ्गले २ विकेट लिए।
त्यस अघि, ब्याटिङ गरेको सनराइजर्सका लागि कप्तान इशान किशनले सर्वाधिक ९१ रनको पारी खेले। उनले ४४ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। ओपनर अभिषेक शर्मा डकआउट हुँदा अर्का ओपनरले १८ रन बनाएका थिए। हेनरिच क्लासेनले ४० नितेशकुमार रेड्डीले २८ रन बनाउँदा सलिल अरोरा २४ रन अविजित रहे।
राजस्थान रोयल्सका लागि बलिङतर्फ जोफ्रा आर्चरले २ विकेट लिए। सन्दीप शर्मा तुषार देशपाण्डे र रियान परागले १-१ विकेट लिए।
हारका बाबजुद पनि राजस्थान रोयल्स ५ खेलमा ४ जित र १ हारसहित ८ अङ्क बटुलेर अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ। सनराइजर्स हैदराबाद भने दोस्रो जितसहित चौथो स्थानमा उख्लिएको छ।
मंगलबार आईपीएलमा एक खेल रहेको छ। आजको खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

0 comments:
Post a Comment