झापामा तीन मोटरसाइकल ठोक्किँदा इलामका भूपेन्द्र श्रेष्ठको मृत्यु, चार घाइते

२०८२ चैत्र २९ गते , आईतबार


झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधवारेतर्फ आउँदै गरेको प्र-१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र-१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी प्र-१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा ५:१० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी सुनसरी धरान–१५ का २७ वर्षीय मनीकुमार देवान, इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अनीश बस्नेत, इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन् । उनीहरूको बिर्तामोडस्थित स्पाइनएक्स अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ छ। दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment