इलामको गोलाखर्कबाट भन्सार छलि ल्याएको अन्दाजी दुई लाखकोअबैध सामान, सवराी साधन सहित एक जना पक्राउ


इलाम, १९ भदौँः इलामको इलाम नगरपालिका ९ गोलाखर्कबाट प्रहरीले भन्सार छलि ल्याएको  अन्दाजी दुई लाखकोअबैध सामान, सवराी साधन सहित एक जना पक्राउ गरेको छ ।  इलामको पशुपतिनगर एरियाको नेपाल भारत खुल्ला सिमानाबाट अबैध रुपमा भन्सार छलि बिभिन्न कपडाहरु भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले फेला पारी सो सामन बरामद गरेको हो । 
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले गोलाखर्क भञ्ज्याङ स्थीत मेचि राजमार्गमा चेक प्वाईन्ट खडा  गरी चेकजाँच गर्ने क्रममा मे १ ज २०६६ नम्बरको गाडिमा   जुम्ला जिल्ला  हिमा गाउँपालिका वडा नम्बर १ बस्ने बर्ष ४७ को पुर्ण शाहीले इलाम पशुपतिनगरको नेपाल भारत खुल्ला सिमा नाकाको प्रयोग गरी भारतबाट भन्सार छलि ल्याउदै गरेको  सामानहरु रहेकोले  शाहीलाई समेत पक्राउ गरी गाडिमा भएका सामान  तथा सामन ल्याउन प्रयोग गरिएको  मे १ ज २०६६ नम्बरको गाडि समेत बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र पाैडेलले जानकारी गराए ।
बरामद भएको निम्न सामानहरुको विवरण 
१. मे १ ज २०६६ नम्बरको बोलेरो गाडी (अन्दाजी मुल्य रु ३०००००)
२. डस्नाको खोल जम्मा थान १० मा जम्मा ३४९ मिटर (अन्दाजी मुल्य रु२७९२०)
३. डबल बेडको तन्ना थान १५ (अन्दाजी मुल्य रु ६०००)
४. चोलो थान कपडा ३९ मिटर (अन्दाजी मुल्य रु ३९००)
५. रेडिमेट ब्लाउज थान ३० (अन्दाजी मुल्य रु ६०००)
६. प्लाष्टिकको झोला पोका ४ मा जम्मा ८० किलो ग्राम (अन्दाजी मुल्य रु ८०००)
७. बिजुलीको बल्भ ४ कार्टुनमा जम्मा थान २०० (अन्दाजी मुल्य रु ८०००)
८. शेगा कम्पनीको जुत्ता ३६ जोर (अन्दाजी मुल्य रु १९०००)
९. पुजाको थान कपडा थान ८० मा जम्मा ३२०० मिटर (अन्दाजी मुल्य रु ६४०००)
१०. सटिङ सुटिङको कपडा थान १९ मा जम्मा २२८ मिटर (अन्दाजी मुल्य रु ६८४००)
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment