एसिया कपः नेपाल विरुद्ध भारतको खेल, नेपाली टीमको रणनीति कस्तो ?

  • विनय तिम्सीना

इलाम, १८ भदौँः नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि अहिले श्रीलंकामा  रहेको छ । नेपाल र भारत विच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार(आज) नेपाली समय अनुसार ३ः१५मा खेल हुने छ । 
नेपालले यस अघि एसिया कपको पहिलो खेलमा पाकिस्तानसंग २३८ रनले हार विहोरी सकेको छ भने यता भारतले आफ्नो पहिलो खेल बर्षाका कारण रद्ध भए पछि नेपाललाई जित्नै पर्ने वाध्यतामा रहेको छ ।  
नेपालको पछिल्ला ५ खेल हेर्नहो भने एकदमै आउटअफ र्फम रहेको छ । जतीखेल नेपालले आफ्नो होम कण्डीसमा खेलेको छ सवै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल विग्रिएको छ ।
यस खेलमा पनि  नेपालको प्रमुख हतियार भनेको स्पीन वलिङ रहेको छ तर भारतिय व्याटरहरु स्पीन वलिङ खेल्नको लागि माहिर रहेका छन् नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनिहरु तयार रहेको देखिन्छ । यस अघि पाकिस्तन संग भएको खेलमा पनि भातिय मिडल अडरले स्पीन बलरलाई राम्रै धुलाई गरेका छन् । 
भातिय टीम हेर्ने हो भने आजको खेलमा आफ्ना प्रमुख वलर जसप्रीत बुमराह विना मैदानमा उत्रिदैछ उनी आफ्नो व्याक्तिगत कामको शिलसिलामा भारत गएका छन् । पाकिस्तन विरुछ पुरै टप अडर फ्लप भएको भारतलाई मिडल अडरमा इशान किशन र हार्दिक पान्ड्याले समालेका थिए । भारतका ओपनर शुभमगिल र रोहित शर्मा नेपालका लागि शुरुमा नै खतरा हुन सक्छन् । तेस्रो नम्बरका व्याटर विराट कोहली पनि राम्रो खेलिरहेका छन् । 
नेपालका व्याटरहरुमा कुशल भुर्तलले निक्कै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ उनले पछिल्ला १० खेलमा २७ को औसमा २७२ रन बनाएका छन् । त्यस्तै अर्का व्याटर गुल्शन झा  हुन उनले ९ खेलमा ५४ को औसतमा २६९ रन बनाएका छन् । नेपालका कप्तान रोहित पैडेलको पनि भारतसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ टप अडर यदि फल्प भएमा उनले खेल समाल्नु पर्ने देखिन्छ । 
बलरको कुरा गर्नेहो भने भारतमा पनि कोही भन्दा कोही कम छैनन् । भारतिय  फास्टबलर र स्पीनर उतिकै दमदार रहेका छन् । २०२३ मा पहिलो १० ओभरमा सर्वाधिक विकेट लिने महम्मद सिराज नेपालका लागि निक्कै खतरा हुन सक्छन् । स्पीनर कुलदिप यादव पनि निक्कै राम्रा वलर हुन । भारतको लागि ३ जना अलराण्डर मैदानमा उत्त्रीने भएकाले वलिङ अप्सन राम्रो हुने छ । हर्दिक पाण्ड्या, रविन्द्र जडेजा र शार्दुल ठाकुरको अलराउण्डरको रुपमा मैदानमा उत्रने छन् ।  
नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाईमा सन्दिप लामिछने पर्दछन् उनको लेग स्पिन खेल्न निक्कै मुस्किल हुने छ भारतिय व्याटरलाई तर सन्दिपले यस अघि भारतको इन्डीयन प्रिमियर लिगमा खेलीसकेका भएकाले उनको वलिङ रिड गर्न भारतिय व्याटरलाई सहज हुने देखिन्छ ।  सन्दिपले पछिल्ला १० खेलमा १४ विकेट निकालेका छन् ।  नेपालका अर्का वलर ललित राजवंशी अहिले निक्के फर्ममा देखिएका छन् उनको वलिङ भारतका लागि खतरा हुन सक्छ । नेपाली वलर करण केसी र सोमपाल कामीले भारत विरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको छ । 
नेपालले आजको खेलमा जसरी भए पनि आफ्ना वलरलाई पुरा ओभर वलर गराउँदै रणनीतिका साथ मैदानमा उत्रिन जरुरी देखिन्छ यदी टस जितेमा वलिङ गरेर ठूला टीम विरुछ आफ्ना वलरलाई वलिङ गराउन सक्ने छ । यसले नेपाललाई आगामि खेलमा धेरै फाइदा हुने देखिन्छ भने व्याटीङमा रनको चिन्ता नगरी पुरा ५० ओभर खेल्न मैदानमा निस्कीन जरुरी देखिन्छ । 
एसिया कपका प्रतिस्पर्धिहरु हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ ।
संभावित भारतिय प्लेइङ
भारतीय टीमः  रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, , ईशान किशन(विकेटकीपर), हार्दिक पंड्या(उप–कप्तान), रवींद्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद शमी प्रसिद्ध कृष्णा, मोहम्मद सिराज
नेपालको सम्भावित प्लेइङ
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment