२५ आश्विन २०८०, बिहीबार
बिर्तामोड । बिर्तामोडमा बहुरुपी बनेर मागेर हिँड्दै गरेका चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी भारत फिर्ता पठाएको छ । बिर्तामोडको बजारमा ब्यापारीहरुबाट मागेर हिँड्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । हात-हातमा डाली, अनुहारभरि ईनामेल रङ दलेर नक्कली लामो कपाल र फेटामा बहुरुपी बनेका ती भारतीयहरुलाई कृषि रोडमा पक्राउ गरी बिर्तामोडको नगर प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको थियोे । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार उनीहरुको साथबाट नगद र विभिन्न सामग्री बरामद भएको थियो । प्रहरीले ती भारतीयलाई भारत पठाएको हो । उपप्रमुख संग्रौलाले त्यस्ता व्यक्तिबाट जोगिनु पर्ने भन्दै यसरी विभिन्न बहाना बनाएर चन्दा उठाउन, आर्थिक संकलन गर्न आएमा खबर गर्न आग्रह गरेका छन् । यसअघि बिर्तामोड नगरपालिकाले मागेर हिँड्ने १७ जना महिला र बालबालिकालाई पक्राउ गरी भारत पठाएको थियो ।
0 comments:
Post a Comment