अब काँकडभिट्टा नाकामा ‘डग स्निफिङ’

 २४ आश्विन २०८०, बुधबार


झापा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको छ । आज बुधबार बिहान ९ः३० बजेदेखि मेचीनगर ६ स्थित नेपाल भारत सिमानाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको हो । पारु र पिंकु नाम गरेका २ वटा तालिमप्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए । सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment