झापाका सरकारी वकिलको कार इलाममा दुर्घटना

 ८ कार्तिक २०८०, बुधबार


झापा । झापा जिल्ला अदालतको कार दुर्घटनामा परको छ । बडादसैँको टिका लगाएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।झापाका सरकारी वकिलको सो गाडी बरबोटे गैरीगाउँ सडक खण्डमा दुर्घटनामा परेको थियो ।


बिहान ११ बजे इलामको बरबोटेबाट गैरीगाउँतर्फ जान लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयको बा। २ झ २६७१ नम्बरको कार दुर्घटनामा परेको हो ।कार रोकेर बाटोको ढुङ्गा पन्छाउन खोज्दा सो कार आफैँ पछाडि सरेर सडकबाट करिब ३ मिटर तल झरेको प्रहरीले जनाएको छ । कारमा जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य र चालक सवार रहेका थिए । दुवै सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment