रुसी सेनामा रहेका इलाम भञ्ज्याङका गंगाराज सहित तीन नेपालीको मृत्यु


इलाम, १३ मंसिरः रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा इलामका गंगाराज मोक्तान रहेका छन् ।   इलाम नगरपालिका ९ भञ्ज्याङ सुकिलुम्बा एयरपोर्ट छेउ घर भएका मोक्तानको शव ल्याउन पहल भईरहेको वड़ाध्यक्ष गोपाल चौहानले जानकारी दिए । उनको कात्तिक २९ गते भाइटीकाको दिन नै मृत्यु भएको थियो ।उनी रुसी सेनामा कार्यरत थिए । 
त्यस्तै स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्काकाे पनि मृत्यु भएकाे छ ।
उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेका थिए ।
रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिए । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।
रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै २ सय नेपाली रहेको अनुमान गरिँदै आएको छ । अन्य केही पनि सम्पर्कविहीन रहेको सूचना छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment