दक्षिण कोरियामा झापाली युवक पदम न्यौपाने सुतेकै ठाउँमा मृत भेटिए

२०८० पौष १३ गते , शुक्रबार


झापा । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित कञ्चनवारि निवासी ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ ।
उनको मृत्युको कारण भने खुलेको छैन । न्यौपाने  दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए । एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि दक्षिण कोरिया फर्किएका थिए । उनी चार दिनअघि मात्र परिवारको सम्पर्क आएको पारिवारिक स्रोतले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment