रोङको सरस्वती माध्यमिक विद्यालयमा वृहत रक्तदान


रोङ १३ पौषः रोङ गाउँपालिकामा शुक्रबार भएको रक्तदानमा उल्लेखनिय सहभागिता देखिएको छ ।
रोङ गाउपालिका  ६ को सरस्वती माध्यामिक विद्यालयमा क्रियाशिल रहेको जुनियर रेडक्रस सर्कल को आयोजना र नेपाल रेडक्रस सोसाईटी हासपोखरी उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका हुन् ।
हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वाल सहभागिता कार्यक्रम गर्ने गरेको विद्यालयमा भएको रक्तदान कार्यक्रममा गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वो,वडा नम्बर ६ का अध्यक्ष सत्यम राई चौरासे, प्रधानाध्यापक गोबिन्द पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ लगायतले पनि रगतदान गरेका थिए । जुरेस सभापति बिन्या प्रधानको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले मैनबत्ती वालेर कार्याक्रमको  उद्घाटन गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष स्याङ्वो, वडाध्यक्ष चौरासे हासपोखरी उपशाखा अध्यक्ष नेत्र पोखरेलले शुभकामना दिनुभएको कार्यक्रममा गाउपालिका स्वास्थ्य  शाखाले पठाएको शुभकामना सहित सहयोगि सघसस्था, दाता, रगतदाता तथा सञ्चार माध्यम सबैमा विद्यालयका प्रधानाध्यपक पौडेलले स्वागत र धन्यवाद दिनु भएको थियो ।
ूम रगत दान गर्छुू भनेर स्बेच्छिक घोषणा  र हस्ताक्षर गर्दै सहभागिता हुने गाउँमा पहिलो पटक रक्तदानहुदा वीस जना भन्दा बढि सहभागी नहुने  आकलन भएपनि ५० जनाले रगत दान गर्दा अपेक्षाकृत सफल भएको  समेत पौडेलले वताए । कार्यक्रमको सञ्चालन विद्यार्थी सजोग राईले गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment