५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ


धनकुटा । धाकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको डिजेल–पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बीचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरकेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक कार्कीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment