झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८० फाल्गुन २२ गते , मंगलबार


झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-४ निवासी ५५ वर्षीय शम्भु कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ ६ बजेको समयमा झापा गाउँपालिका-४ मंगलवारेस्थित हुलाकी राजमार्गमा शरणामतिबाट कुमारखोदतर्फ जाँदै गरेको मे ३ प ५९२१ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो ।
घाइते कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए । यता इलाका प्रहरी कार्यालय कुमरखोदले मोटरसाइकल र चालक झापा- १ निवासी ४५ वर्षीय पदमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment