हल्दीबारीमा कुकुरले लखेटेको चित्तलको जीवितै उद्धार

२०८० फाल्गुन २२ गते , मंगलबार


झापा । जंगलबाट निस्किएर गाउँ पसेको दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । झापा हल्दीबारी गाउँपालिका- ४ स्थित पाथीभरा सामुदायिक वनबाट मंगलबार बिहान साढे ८ बजे  निस्किएको चित्तललाई कुकुरले लखेटेपछि ज्यान जोगाउन गाउँ पसेको थियो । स्थानीयको भान्सा घरमा पसेको चित्तललाई प्रहरी चौकी जलथल र डिभिजन वन कार्यालय झापाबाट आएको टोलीले जिवितै सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । उद्धार गरिएको चित्तललाई वन कार्यालय लगिएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment