काँकडभिट्टा नाकाबाट भित्रिएको भारतीय ट्याङ्करको सिटमुनिबाट मोटरपार्टस बरामद

२०८० फाल्गुन २२ गते , मंगलब


झापा । कारोबारी र तस्कर समूहले भन्सार छलेर सरसामान नेपाल भित्राउन अनेकौं उपाय अपाउन थालेका छन् । उनीहरुले पछिल्लो समयमा प्लाइउड उद्योगमा प्रयोग हुने रेजिन बोकेको भारतीय ट्याङ्करको माध्यमबाट सरसामान भन्सार छलेर नेपाल भित्राउने गरेको पाइएको छ । 

मेची भन्सार कार्यालय काँकडभिट्टाले रेजिन बोकेको भारतीय ट्याङ्करबाट ठुलो मात्रामा मोटरपार्टस लगायतका सामान बरामद गरेसँगै यस्तो घटना बाहिर आएको हो । 

भारतको पानीटंयाकी नाकाबाट नेपाल प्रवेश गरेको एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्याङ्कर मंगलबार साँझ मेची भन्सार प्रवेश गरेको थियो । भन्सार कर्मचारीले विशेष सूचनाको आधारमा भन्सार यार्डमा रहेको ट्याङ्करको खानतलासी गरेका थिए । 

ट्याङ्करको अगाडि भाग (चालक) बस्ने सिटमुनिबाट मोटरपार्टस लगायतका सामान बरामद गरिएको मेची भन्सारका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । ‘भारतबाट आउने यस्ता सवारीसाधनमा अन्य सरसामान पनि आउने गरेको सूचना हामीलाई थियो,’ सूचना अधिकारी कँडेलले भने, ‘आज चेकजाँच गर्दा ट्याङ्करबाट सामान फेला प¥यो ।’ 

सो रेजिन बोकेको ट्याङ्कर काँकडभिट्टाबाट जनकपुरतर्फ जाने तयारीमा थियो । ट्याङ्करबाट बरामद गरिएको सामान भन्सारमा राखिएको बताउँदै उनले भने, ‘चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मा लगाइएको छ ।’ बरामद सामानको यकिन मुल्य भोलि मात्रै थाहा हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment