झापा
२०८१ श्रावण १३ गते , आईतबार
खाली जमिनको खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-१ सालमाराका चिकूँ मियाका १० वर्षीय छोरा मोहम्मद दिलसाद मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिबार बिहान ११ बजे खेल्न हिँडेका दिलसाद घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेको थियो ।
स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको जनाइएको छ ।

0 comments:
Post a Comment