- बिमल अधिकारी
इलाम २८ भदौ। इलाम जितपुरका खेम परियारले पुर्बेली गित 'सिमल काडैमा' युट्युब मार्फत बजारमा ल्याएका छन।
धेरै अगाडि बाटनै गित सङ्गीत र कलाकारितामा रुचि भएका खेम परियार इलाम जिल्ला देउमाइ नगरपालिका वडा नं नौ नवमी निबासी कलाकार हुन। धेरै पहिला बैदेशिक रोजगारीको अबस्थामा रहदै लेखेको गित सिमल काडैमा लाई अहिले आएर रेकर्डिङ गरि दर्शक श्रोता माझ ल्याएको परियार बताउछन। पुर्बेली भाकामा आधारित गित मानिसको दैनिक जीवन अहिले को परिस्थिती , रोजगारीका क्रममा टाढिदाको पीडा आदि बिषयमा रहेको छ।
लय स्वर र सङ्गीत स्वयम खेम परियारको रहेको छ भने गायिका अन्जु गौतमले पनि आफ्नु स्वर दिएकी छन। पुर्बान्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड भएको गित सिमल काडैमा लाई युटुबमा गएर हेरिदिन परियारले अनुरोध गरेका छन।
0 comments:
Post a Comment