झापामा अप्राकृतिक मैथुन (ओरल सेक्स) गर्न लगाएको आरोपमा पक्राउ

September 16, 2024


झापा, पाँच वर्षीया नाबालिकालाई अप्राकृतिक मैथुन (ओरल सेक्स) गर्न लगाएको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका – ३ शैनिकमोड निवासी ५२ वर्षीय प्रदीप साह रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनले गत भदौ २७ गते बेलुका पीडित भनिएकी नावालिकालाई ललाईफकाई गर्दै मुख मैथुन गराएको बताइएको छ ।
घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरुले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले साहलाई प्रक्राउ गरेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment