इलाम गोल्डकप : दार्जिलिङलाई हराउँदै एनआरटी सेमिफइनलमा

२०८१ मंसिर २३ गते 


इलाम गोल्डकप : दार्जिलिङलाई हराउँदै एनआरटी सेमिफइनलमा
२३ मंसिर, इलाम । पुनरागमन जित निकाल्दै डिफेण्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले पाहुना टिम भारत दार्जिलिङको जिटिए ११ माथि २–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।


एनआरटीका लागि विदेशी खेलाडीहरूले गोल गरे । एनआरटीका नेमारले खेलको ४५ औं मिनेटमा र मार्टिनले ८५ औं मिनेटमा गोल गरेका थिए । खेलको ३९ औं मिनेटमा जिटिए दार्जिलिङको तर्फबाट भाइचुङ्ग राईले पेनाल्टीमार्फत गोल गरेका थिए ।

पहिलो हाफमा १–१ को बराबरी खेलेपनि दोश्रो हाफमा नेमारको पासमा मार्टिनले निर्णायक गोल गरेका हुन् । खेलमा अग्रता जोगाउन नसक्दा दार्जिलिङ पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो । खेलमा एनआरटीका जय गुरुङ म्यान अफ दि म्याच घोषित भए । पहिलो खेलमा संकटा एफसी आयोजक रेडहर्ष फूटबल क्लबसँग पराजित बनेको थियो ।
नेपाल र भारतका आठवटा फूटबल क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले दशलाख र उपबिजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगितामा भोलि सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज बीच प्रतिष्पर्धा हुँदैछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment