लागूऔषधसहित दुईजना पक्राउ


झापा, पक्राउ पर्नेमा बिर्तामोड र कनकाईका दुई युवा रहेका छन् । बिर्तामोड–६ स्यालडाँगी बस्ने २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी लागू औषधसहित पक्राउ परेका हुन् ।


आफ्नै घरमा लागू औषध सेवन गर्दै गरेको फेला पारी उनलाई प्रहरीले खानतलासी लिँदा प्लास्टिकसहित २ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र ४ ग्राम १५० मिलिग्राम गाँजा फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको छ ।
त्यस्तै कनकाई –३ सुरुङ्गा बस्ने २५ वर्षीय मन्जित भनिने दर्पण वाग्ले लागू औषधसहित पक्राउ परेका छन् । राति ९ बजे झापा गाउँपालिका –३ फुलगाछीमा वाग्लेलाई शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकसहित ४ ग्राम ७३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment