जङ्गली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु


झापा, 
जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ ।
हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।


चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताउनुभयो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment