बुधबार, २१ फाल्गुण, २०८१
इलाम : दोस्रो महिला गोल्ड कपमा आयोजक ओए सीस फुटबल क्लबलाई हराउँदै नेपाल आर्मी फाइनलमा प्रवेश गरेको छ । ठुलो टुँडिखेलमा भएको प्रतियोगितामा आर्मीले दुई शून्य गोल अन्तरले फाइनल यात्रा पक्का गरेको हो । खेलको ४३ र ६६ मिनेटमा विमला चौधरीले दुई गोल गर्दै टिमलाई अन्तिम दुईमा सुरक्षित गरेकी हुन । आयोजकले पाएको अवसरलाई गोल गर्न नसक्दा फाइनल खेल्ने सपना अधुरै बनेको छ ।

खेलको सुरुवातमै वान भर्षेस वानको अवस्थामा आयोजकले टिमलाई अग्रता दिलाउने अवसरबाट सन्जु तामाङ चुक्न पुगिन । किपर एरियामा उनले पाएको अवसरमा आर्मीकी गोल रक्षक अञ्जना बाधक बनेकी थिइन ।
१६ मिनेटमा सञ्जुको क्रस पासलाई प्रियङ्का मगरले सदुपयोग गर्न सकिनन् । १८ मिनेटमा डी बक्स भित्रबाट वर्ष बलिको प्रहार सशक्त बन्न नसक्दा २४ मिनेटमा गोल किपर अञ्जना अघि बढेको मौकामा वर्षा वलीले फिनिसिङ दिन नसकेपछि मध्यान्तर अघि अग्रता बनाउने अवसर चुक्यो । ३३ मिनेटमा प्रियङ्काको पासलाई डि बक्स भित्रै बाट वर्षाले प्रहार गरे पनि गोलमा परिणत हुन सकेन ।
मध्यान्तर अघिको अन्तिम समयमा प्रियङ्काकाको फ्री किक प्रहार सिधै विपक्षी गोल रक्षकको हातमा प¥यो । ४९ मिनेटमा जेनिफरले पाएको प्रहार गोल रक्षकले असफल बनाएपछि ५२ मिनेटमा सुजता मगरको प्रहार आकासिन पुग्यो । ६३ मिनेटमा वर्ष ओलीलाई फाउल गरेपछि डिबक्स नजिकै बाट पाएको फ्री किक प्रहारमा प्रियङ्का चुक्न पुग्दा आयोजकको फाइनल खेल्ने सपना अधुरै बनेको छ ।
यता आर्मीले खेलको पाँच मिनेटमै अग्रता लिने मौका पाए पनि हिमा चौधरीको प्रहारमा यशोदा ठकुरीले विफल बनाइदिइन । आठ मिनेटमा हिमाकै प्रहार सदुपयोग हुन सकेन । ११ मिनेटमा हिमाको पासलाई चन्द्र भण्डारीले गोल गर्ने अवसर पाए पनि उनको प्रहार सशक्त बन्न सकेन । १७ मिनेटमा चन्द्रा भण्डारीले क्रस पासबाट विमला चौधरीलाई अवसर निकाले पनि प्रहार गर्न सकिनन् । २६ मिनेटमा शर्मिला थापा गोल गर्न चुक्दा ३२ मिनेटमा डिबक्स छेउबाट विमला विकको प्रहार गोल पोस्टमा परेन ।

३४ मिनेटमा किपर विट गर्दै टिमलाई अग्रता दिलाउने अवसर विमला चौधरीले पाए पनि उनको प्रहार गोल पोस्ट माथिबाट बाहिर गयो । लगातार अवसर बनाउँदै गएको आर्मीले मध्यान्तर अघिको अन्तिम समयलाई सदुपयोग गर्दै विमला चौधरीले टिमलाई अग्रता दिलाइन । ५९ मिनेटमा वान भर्षेस वानको अवस्थामा विमला चुक्दा टिमलाई दोब्बर बनाउने अवसर गुम्यो ६६ मिनेटमा विमलाले दोस्रो गोल गर्दे दोब्बर बनाए पनि ८२ मिनेटमा चन्द्रा भण्डारीको निकै राम्रो अवसर गोलमा परिणत हुन सकेन ।
खेलको अन्तिम समयमा लगातार चन्द्रा भण्डारी र तुलसा बोहोराले अवसर पाए पनि सदुपयोग नहुँदा दुई गोलमै चित्त बुझाउनु प¥यो । खेलको प्रेलयर अफ द म्याच आर्मीकी विमला चौधरी घोषित भइन । आज नेपाल पुलिस र सशस्त्र प्रहरी बिच अन्तिम सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।
ओए सीस क्लब इलामको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोड कप फागुन २४ गते सम्पन्न हुनेछ । फाइनल जित्ने टोलीले नगद रु ४ लाख आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलीले नगद रु २ लाखमा चित्त बुझाउने छ । त्यस्तै खेलाडीहरूलाई विधागत रूपमा समेत पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।

0 comments:
Post a Comment