नेपाली सेनाको बर्दी दुरुपयोग गरी जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरका पदम इलाममा पक्राउ


इलाम, १ बैशाखः नेपाली सेनाको सह–सेनानी दर्ज्यानी युक्त नक्कली पोशाक प्रयोग गरी तस्बिरहरु सामाजिक संजालमा राखि बिवाह गर्ने प्रलोभन तथा डर त्रासमा समेत पारी एक २५ वर्षिय महिलालाई चैत्र १८ गते जबरजस्ती करणी कसुरको जाहेरी दरखास्तको आधारमा फरार रहेको पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नं ३ बस्ने वर्ष ३० को पदम कुमार तामाङलाई प्रहरी ले पक्राउ गरेको छ । 

खोजतलास तथा अनुसन्धानको क्रममा चैत्र ३१ गते   जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनलाई इलाम बजारक्षेत्रमा लुकिछिपीबसेको अवस्थामा  नियन्त्रणमा लिईएको हो ।

अभियुक्तलाई   जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । साथै अभियुक्त अन्य विभिन्न मुद्धामा समेत संलगल्न रहेको देखिएको छ। उनी १० मिति २०७२।०३।०९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा केही सार्वजनिक अपराध मुद्दा ।मिति २०७५।०३।०२ गते जिल्ला प्रहरी कार्यालय इलाममा चोरी मुद्दा , २०७७।११।१२ गते इलाका प्रहरी कार्यालय अनारमनि झापामा चोरी मुद्दा, मिति २०७८।०६।०४ गते इलाका प्रहरी कार्यालय धुलाबारी झापामा अभद्र व्यवहारमा मुद्दा । मिति २०७९।०२।२३ गते  इलाका प्रहरी कार्यालय धुलाबारी झापामा चोरी मुद्दासमेत दर्ता भएको देखिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment