झापाा ५० बोरा काँक्राको बीउसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा


भारततर्फ तस्करी हुन लागेको ५० बोरा काँक्राको बीउसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको दक्षिणी नाकाबाट प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो ।
आज बिहान ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-१ मा नम्बर प्लेट नखुलेको ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको अवस्थामा ५० बोरा काँक्राको बीउ फेला परेको थियो । प्रतिबोरा ५० के.जीका दरले काँक्राको बीउ लोड रहेको थियो ।


अन्दाजी २ लाख ५० हजार बराबरको काँक्राको बीउ र ट्याक्टरको मूल्य अन्दाजी ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनले ट्याक्टर चालकको खोजी जारी रहेको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment