इलामको सोयाक आहाल सडकमा पिकअप दुर्घटना, एकको मृत्यु, दुई घाइते


इलाम नगरपालिका–११ स्थित सोयाक आहाले सडकखण्डमा आज साँझ करिब ६ बजे भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।


देउमाई नगरपालिका–९ जितपुरका ५५ वर्षीय विष्णु पराजुलीको दुर्घटनामा ज्यान गएको इलाका प्रहरी कार्यालय सोयाकले जनाएको छ। पराजुली दुर्घटनाग्रस्त गाडीका मालिक रहेको बुझिएको छ।
सोयाकको बेलाले नजिकै गाडी अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा पराजुलीकी छोरी र गाडीमा सवार अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्। उनीहरुको उपचारका लागि विर्तामोडस्थित विएण्डसि अस्पताल लगिएको छ।
घटनाको कारण खुलेको छैन। प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment