🗓️ झापा, असार २ गते –
झापाको हल्दीबारी गाउँपालिका–३ कुनाबारीमा दाउ प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
गएराति करिब १० बजे हल्दीबारी–३ बस्ने २८ वर्षीय समिर गुरुङमाथि सोही स्थानका २६ वर्षीय दावा गुरुङले एक्कासी आक्रमण गरेका थिए। दाउ प्रहारबाट घाइते समिरलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। अहिले अस्पतालमा उनको उपचार जारी छ भने आफन्तहरू उपचारमा संलग्न छन्।
घटनापछि आक्रमणकारी दावा गुरुङ र प्रयोग गरिएको दाउलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

0 comments:
Post a Comment