सन्दकपुर सुलुबुङ खण्डमा पहिरो: अवरुद्ध सडक खुल्यो, यात्रुहरू गन्तव्यतर्फ

इलाम, असार ९ –

सन्दकपुर गाउँपालिका वडा नं ३ सुलुबुङ र वडा नं ५ जमुना माइ खोला तर्ने पुलको सुलुबुङ खण्डमा हिजो राति गएको पहिरोले अवरुद्ध बनेको सडक आज बिहान खुलाइएको छ।

पहिरोका कारण जमुना बाट इलामतर्फ जान लागेका यात्रुहरू माइखोलामा अलपत्र परेका थिए। स्थानीयवासी, सडक डिभिजन र सम्बन्धित निकायको पहलमा सडक खुलाउन सफल भएसँगै अहिले सवारी आवागमन सुचारु भएको छ।

यात्रुहरूलाई गन्तव्यमा जान सहज भएको छ भने स्थानीयहरूले समयमै पहल लिएकोमा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment