इलाम, असार ८ गते।
आज दिउँसो करिब १६:१० बजेको समयमा जिल्ला इलामको रोङ गाउँपालिका–३ पाथले डाँडा नजिक मेचीराजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुःखद दुर्घटना भएको छ।
झापा बाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी हर्कटे, इलामबाट प्रहरी सहायक निरीक्षक गोबिन्द खत्रीको कमाण्डमा टोली खटिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई तत्काल B&C अस्पताल, बिर्तामोड झापा पठाइए पनि उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो।
मृत्यु हुने व्यक्तिहरूको विवरण:
१. मदन बहादुर बोहरा – उमेर २६ वर्ष, मोटरसाइकल चालक, स्थायी ठेगाना: बझाङ, बित्छडचिर गाउँपालिका–१
२. सिर्जना गिरी – उमेर २३ वर्ष, पछाडि सवार, स्थायी ठेगाना: जाजरकोट, छेडागाडा नगरपालिका–८
दुर्घटनापछि ट्रक चालक नितेश बुढाथोकी (उमेर ३३), स्थायी ठेगाना: पाँचथर, कुमाय गाउँपालिका–९, प्रहरीको नियन्त्रणमा रहेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment