इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । रोङ गाउँपालिका-६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमणबाट तत्काल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ की महिलाको मृत्यु भएको हो ।
आज साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमान्डमा प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ ।
घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरले तालुक इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापासँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment