काठमाडौं कतार लगायत विभिन्न देशतर्फ उडान भर्ने तयारीमा रहेका सयौं नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन्। हिजो राति कतारमा इरानले मिसाइल प्रहार गरेपछि अन्तर्राष्ट्रिय हवाई सेवा अस्थायी रुपमा स्थगित गरिएको हो।
अचानक स्थगित भएका उडानहरूका कारण विमानस्थलमा नेपाली यात्रुहरू निकै बिचल्लीमा परेका छन्। कतिपय यात्रुहरू रातभर विमानस्थल परिसरमै बस्न बाध्य भएका छन् भने कतिपय असहज अवस्थामा परिवारसँग सम्पर्क गर्न प्रयासरत देखिएका छन्।
विमानस्थलमा रहेका यात्रुहरू भन्छन्, "हामी महिनौं लगाएर विदेश जान कागजी प्रक्रिया पुरा गरेका थियौं, तर अचानक यस्तो अवस्थामा अलपत्र पर्नु परेको छ। एयरलाइन्स र सम्बन्धित निकायले स्पष्ट जानकारी दिनु आवश्यक छ।"
हवाई अधिकारीहरूका अनुसार परिस्थिति सामान्य नभएसम्म उडानहरू स्थगित नै रहनेछ। यात्रुहरूलाई संयमित हुन र आधिकारिक सूचनाको पर्खाइ गर्न अनुरोध गरिएको छ।

माइपोखरी न्यूज
अधिक जानकारीको लागि हामी पछिल्लो अपडेटमा आउनेछौं।
0 comments:
Post a Comment