झापाको जुकेखाडीमा एकजनाको हत्या

२०८२ भाद्र २७ गते , शुक्रबार


झापा जुकेखाडीमा एकजनाको हत्या भएको छ । गएराति करिब १२ बजे दुर्गापुर– दानावारि सडक खण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा एकजनाको शव फेला परेको हो । सो शव अर्जुनधारा नगरपालिका-३ जुकेखाडी निवासी कोशी भनेर चिनिने विजय लिम्बूको भएको बताइएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।
मृतकको शव बाटोमै रहेको छ । घटनाबारे जानकारी प्राप्त भएको र आज बिहान प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment