जेनजीको प्रदर्शन : झापामा ७ जनालाई गोली लाग्यो, १४ जना घाइते (नामावलीसहित)

२०८२ भाद्र २४ गते , मंगलबार


जेनजीको प्रदर्शनका क्रममा झापामा प्रहरीसँगको झडपमा १४ जना घाइते भएका छन् । त्यसमध्ये ७ जनालाई गोली लागेको छ । घाइतेहरूको बिर्तामोडको बीएण्डसी, विराटनगरको नोबेल, लाइफलाइन अस्पताल दमक, मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घाइतेहरूको नामावली यस प्रकार रहेको छ ।

१. कमल गापा–५ बस्ने वर्ष ३० को प्रकाश भट्टराई (बायाँ खुट्टाको फिलामा चोट, दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको )।

२. दमक नपा–३ बस्ने वर्ष २० का भूपेन्द्र खडका (अनुहार र घाँटीमा चोट, अवस्था बोल्न सक्ने मध्यम, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि घोपा धरान पठाएको )।

३. गौरीगंज गापा–१ बस्ने वर्ष २० का सागर हेमरम (अनुहार, छातीमा चोट, बोल्न सक्ने मध्यम, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको) ।

४. दमक नपा–१ बस्ने वर्ष १८ का अभिषेक चेम्जोङ (अनुहारमा चोट, अवस्था सामान्य, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेको) ।

५.मोरङ उर्लाबारी नपा–४ बस्ने वर्ष १९ का प्रयुस चौहान (दाहिने हात खुट्टा छातीमा चोट, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् नोबेल अस्पताल विराटनगरमा लगिएको) ।

६. शिवसताक्षी नपा–११ बस्ने वर्ष १८ का युनिस दाहाल (दाहिने कान घाँटीमा चोट, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् नोबेल अस्पताल विराटनगर लगिएको) ।

७.इलाम चुलाचुली गापा–३ बस्ने वर्ष २४ का साईन राई (दाहिने खुट्टामा चोट, अवस्था सामान्य, लाइफ लाइन अस्पताल दमकमा उपचार हुँदै )।

८. कमल गापा–५ बस्ने वर्ष १९ का अविनाश राई ( दुवै हात खुट्टामा चोट, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् नोबेल अस्पताल विराटनगरमा लगिएको) ।

९. दमक नपा–१० बस्ने नरेन्द्र रिमालका छोरा वर्ष १७ का औसन रिमाल( बायाँ हातको पाखुरामा चोट, अवस्था मध्यम, लाइफ लाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको )।

१०. दमक नपा–७ बस्ने वर्ष १८ का रोयल रिजाल( दुवै खुट्टामा चोट, बोल्न सक्ने , लाइफ लाइन अस्पताल दमकमा उपचार हुँदै )।

११. बिर्तामोड नपा–५ बस्ने वर्ष अन्दाजी ३३ का प्रदीप खरेल (दाहिने खुट्टामा चोट, बीएण्डसी अस्पतालमा उपचार हुँदै ) ।

१२. बिर्तामोड– ९ बस्ने वर्ष अन्दाजी १६ का सन्देश गिरी( अश्रुग्याँसको धुवाँले घाइते, बिर्तासिटी अस्पतालमा उपचार हुँदै ) ।

१३) भारत दार्जिलिङ घर भई हाल बिर्तामोड –२, भगवान् चोकस्थित करुणा कोइरालाको घरमा डेरा गरी बस्ने वर्ष २० का अनिकेट शर्मा चौलागाईंँ (दाहिनेपट्टिको हिपमा गोली लागेर उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड रेफर भएको) ।

१४) कमल –३ बस्ने वर्ष १७ का लावाहाङ राई ( टाउकोमा चोट लागेर निम्स अस्पताल दमकमा उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भइरहेको ) ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment