बुधबारे, भदौ २८ – सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) बुधबारे सेवा केन्द्रले एक दिवसिय “वित्तीय साक्षरता तथा कर्जा सुरक्षण वितरण कार्यक्रम” सम्पन्न गरेको छ।
कार्यक्रम बुधबारे अन्तर्गत सञ्चालित डाँफे सहारा महिला समूहको समूह घरमा सम्पन्न भएको हो। कार्यक्रममा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक विष्णु प्रसाद सापकोटाको सभाध्यक्षता, उपसमिति सदस्य दुर्गा पोख्रेल ढुंगेलको आतिथ्य तथा सेवा केन्द्र प्रमुख के.पी. लुईटेलको सहजीकरण रहेको थियो। सञ्चालन फिल्ड म्यानेजर मुकुन्द उप्रेतीले गर्नुभएको थियो।
कार्यक्रममा सहारा नेपाल साकोसले विगतदेखि सदस्यलाई प्रदान गर्दै आएका स्वास्थ्य उपचार, प्रसूति, शल्यक्रिया, सर्पदंश, दुर्घटना तथा संस्कार–सम्बन्धी सहयोगलगायतका सेवा–सुविधाका बारेमा जानकारी दिइएको थियो। साथै सहकारी ऐन २०७४ का प्रावधान, बचत तथा ऋण कारोवार, संरक्षित पूँजी फिर्ताकोष, कालो सूची, ऋण असुली, कर्जा सूचना केन्द्रलगायतका विषयमा पनि विस्तृत छलफल गरिएको थियो।
सेवा केन्द्र प्रमुख लुईटेलले सहारा नेपाल साकोसलाई हाल मुलुककै नम्बर १ सहकारीको पहिचान बनाउन सफल भएको भन्दै यसलाई थप उचाइमा पुर्याउन कर्मचारी र सदस्य दुवैको सक्रियता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै सदस्य दुर्गा पोख्रेल ढुंगेलले सहारा नेपाल सदस्यका लागि विश्वासिलो सहकारी भएकाले योग्यता पुगेका हरेकलाई संस्थामा सदस्यता लिन आग्रह गर्नुभयो। सभाध्यक्ष विष्णु प्रसाद सापकोटाले सहाराले प्रदान गर्ने सहयोग तथा सेवाले समुदायमा ठूलो योगदान पु¥याउँदै आएको भन्दै अझै सदस्य विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रमको व्यवस्थापन सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु क्रमशः राजेन्द्र लिम्बु,शुष्मा सुवेदि,पूजन न्यौपाने,डुमा श्रेष्ठ, ममता घिमिरे,निकिता शर्मा दाहाल,गोपाल राज सुवेदि र उमा देवी सुवेदिकोे रहेको थियो ।
कार्यक्रमकै क्रममा डाँफे सहारा महिला समूह नं. ०५० की सदस्य स्व. इलादेवी तामाङको निधन भएको हुँदा उहाँका हकवाला पति सुरेन तामाङलाई सहारा नेपाल साकोसले कर्जा सुरक्षण कोष अन्तर्गत ऋण मिनाहा तथा काजक्रिया खर्च मिलाएर रु. ८ लाख २५ हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो।
0 comments:
Post a Comment