कार्तिक २७, २०८२
झापा, झापामा छुट्टाछुट्टै स्थानमा भएका कुटपिटका घटनामा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–११ बसपार्कमा गएराति कुटपिट भएको हो मेचीनगरपालिका–१३ का ३२ वर्षीय पुस्कर गुरागाईं र इलाम नगरपालिका–८ घर भई हाल अर्जुनधारा–११ बसपार्कमा बसोबास गर्ने २८ वर्षीय सँजिव तामाङबीच सामान्य विवाद भएपछि झगडा भएको प्रहरीले जनाएको छ।
सो क्रममा तामाङले गुरागाईंलाई कुटपिट गर्दा उनको अनुहारमा चोट लागेको र अगाडिको एउटा दाँतसमेत झरेको बताइएको छ। गुरागाईंको उपचार चारआली मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
यता बिर्तामोड नगरपालिका–७ खालबारीमा गए राति नै कुटपिटको अर्काे घटना भएको छ । स्थानीय ३७ वर्षीय आईतराज जवेगु र ३४ वर्षीय सुरेन्द्र ढकालबीच मापसे गरेको अवस्थामा झगडा हुँदा जवेगु घाइते भएका छन्।
घाइते जवेगुलाई कुटपिट गर्ने ढकालले नै बिर्तासिटी अस्पतालमा उपचारका लागि लगेको प्रहरीले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार जवेगुको टाउकोमा चोट लागेको छ । दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
![]() |
| यो तस्वीर सांकेतिक मात्र हो । |

0 comments:
Post a Comment